Home अन्यबाणगङ्गा खोलामा डुबेर ६७ वर्षीय वृद्धको मृत्यु, हृदयघातको आशंका

बाणगङ्गा खोलामा डुबेर ६७ वर्षीय वृद्धको मृत्यु, हृदयघातको आशंका

by Dhruva Poudel
0 comments

कपिलवस्तु, फागुन १६ — कपिलवस्तुको बाणगङ्गा नगरपालिका–५ खुटेनीस्थित बाणगङ्गा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ६७ वर्षीय तारा बहादुर मगर रहेका छन्।

प्राप्त जानकारीअनुसार फागुन १६ गते मगर हातखुट्टा धुन भनी खोलातर्फ गएका थिए। सोही क्रममा अचानक हृदयघात भई पानीमा डुबेको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमै उनको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ।

मृतकका दुवै छोराहरू हाल घरमा नरहेको कारण तत्काल दाहसंस्कार हुन सकेको छैन। उनको शव पिपरा सामुदायिक अस्पतालमा पोस्टमार्टम गरी राखिएको छ।

परिवारका सदस्यहरू आइपुगेपछि फागुन १८ गते दिउँसो २ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Comment