Home व्यवसायबुद्ध शान्ति आवासीय विद्यालयको १४औं वार्षिकोत्सव तथा नतिजा प्रकाशन सम्पन्न

बुद्ध शान्ति आवासीय विद्यालयको १४औं वार्षिकोत्सव तथा नतिजा प्रकाशन सम्पन्न

by Dhruva Poudel
0 comments

चैत्र २९, २०८२

कपिलवस्तु नगरपालिका-९, कुस्मास्थित बुद्ध शान्ति आवासीय विद्यालयको १४औं वार्षिकोत्सव तथा वार्षिक नतिजा प्रकाशन कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ।

आइतबार आयोजित उक्त कार्यक्रमको उद्घाटन प्याब्सन कपिलवस्तुका उपाध्यक्ष नन्दराम सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा लुम्बिनी भिजन कलेजका लेक्चर एवं शैक्षिक व्यक्तित्व मदन मल्लले बुद्ध शान्ति इङ्लिस स्कुल एक उत्कृष्ट विद्यालयको रूपमा स्थापित भएको बताउनुभयो। उहाँले विद्यार्थीहरू अंकमा मात्र नभई व्यवहारमा पनि उत्कृष्ट हुनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, विशिष्ट अतिथि टीकाराम पौडेलले विद्यालयको समग्र नतिजा राम्रो रहेको उल्लेख गर्दै अभिभावक, विद्यार्थी र शिक्षकहरूको सामूहिक मेहनतले नै सफलता सम्भव भएको बताउनुभयो। उहाँले बालबालिकाको मनोविज्ञान बुझेर व्यवहार गर्न समेत आग्रह गर्नुभयो।

विद्यालयका प्राचार्य नारायण प्रसाद पौडेलले विद्यालयमा हाल २ सय २५ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै विद्यालयका गतिविधिबारे प्रष्ट पार्नुभयो। सो अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरू जसले विभिन्न ८ वटा विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (SEE) मा ४.० जीपीए ल्याउन सफल भए, उनीहरूलाई सम्मान गरिएको थियो। विशेष गरी पूर्व विद्यार्थी प्रविणा बस्याललाई दोसल्ला ओढाई नगद र प्रशंसापत्र सहित सम्मान गरिएको थियो।

यसैगरी, विद्यालयले आफ्ना बालबालिकालाई पौष्टिक र स्वास्थ्यकर खाना खुवाउने अभिभावकहरूका साथै अतिरिक्त क्रियाकलाप र सरसफाइमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई मेडल, शैक्षिक सामग्री र पुरस्कार प्रदान गरेको थियो।

विद्यालयका सल्लाहकार सदस्य बालप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय समाजसेवी, पूर्व जनप्रतिनिधि, शिक्षाप्रेमी र अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। शिक्षिका अमृता पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लक्ष्मी पौडेलले गर्नुभएको थियो।

You may also like

Leave a Comment