Home शिक्षाज्ञानज्योति शिक्षा सदनको १७ औं वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

ज्ञानज्योति शिक्षा सदनको १७ औं वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

by Dhruva Poudel
0 comments

चैत्र २९, २०८२

कपिलवस्तुको बाणगङ्गा-६, बैदौलीस्थित कपिलवस्तु ज्ञानज्योति शिक्षा सदनको १७ औं वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण विविध साँस्कृतिक कार्यक्रमका बीच सम्पन्न भएको छ।

आइतबार आयोजित उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज खनालले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्राचार्य ठाकुर प्रसाद पोख्रेलले विद्यालयको शैक्षिक अवस्था र कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो।

ग्रामीण क्षेत्रमा रहेर पनि जिल्ला स्तरमा पटक-पटक उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयले यस वर्षको नगरस्तरीय परीक्षामा ४.०० जीपीए (GPA 4.00) ल्याउन सफल छात्रा नीति भट्टराईलाई विशेष पुरस्कारद्वारा सम्मानित गरेको छ। साथै, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

सो अवसरमा राष्ट्रिय कलाकारहरू दीपक भण्डारी र वर्षा लम्सालले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षाप्रेमी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, शिक्षक, कर्मचारी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

विद्यालयका सहायक प्राचार्य प्रकाश बी.क. को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक चन्द्रबहादुर बी.क. ले गर्नुभएको थियो। कार्यक्रमका वक्ताहरूले विद्यालयले पुर्‍याएको शैक्षिक योगदानको प्रशंसा गर्दै निरन्तर प्रगतिको कामना गरेका थिए।

You may also like

Leave a Comment