सा.अ.सं. बाणगंगा : बाणगंगा नगरपालिकास्तरीय शैक्षिक सत्र २०८२ अन्तर्गतको आधारभूत तह (कक्षा आठ) उत्तीर्ण परीक्षा आजदेखि सुरु भएको छ।
नगरपालिकाका अनुसार परीक्षा आज मिति २०८२।१२।४ गतेबाट सुरु भई २०८२।१२।११ गतेसम्म दिउँसो १:३० बजेबाट सञ्चालन हुनेछ। यस परीक्षामा कुल १ हजार ९ सय ९३ जना विद्यार्थीहरू सहभागी भइरहेका छन्।
परीक्षाको सुचारू सञ्चालनका लागि नगरपालिकाले अन्तरविद्यालय स्तरमा १२ वटा परीक्षा केन्द्रहरू तोकेको छ। परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै नगरपालिकाले ती केन्द्रहरूमा खटिने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरेको छ।
नगरपालिकाले परीक्षालाई शान्तिपूर्ण, मर्यादित, भयरहित र अनुशासित वातावरणमा सञ्चालन गर्न सम्पूर्ण सरोकारवाला तथा अभिभावकहरूमा हार्दिक अनुरोध गरेको छ।