Home व्यवसायप्रतिनिधिसभा निर्वाचन: नागरिक जागरूकता अभिवृद्धिका लागि निर्वाचन आयोगले सार्वजनिक गर्यो शिक्षादीय सामग्री

प्रतिनिधिसभा निर्वाचन: नागरिक जागरूकता अभिवृद्धिका लागि निर्वाचन आयोगले सार्वजनिक गर्यो शिक्षादीय सामग्री

by Dhruva Poudel
0 comments

माघ २९, २०८२

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाताहरूलाई लोकतन्त्र र निर्वाचनको महत्त्वबारे जागरूक बनाउने उद्देश्यले नयाँ शैक्षिक सामग्रीहरू तयार पारेको छ।

लोकतन्त्रका मौलिक पक्षहरू, समावेशिता, मतदाता नामावली र मतदान प्रक्रियाजस्ता मुख्य विषयवस्तु समेटिएको यो सामग्रीले निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था र राजनीतिक दलको भूमिकाबारे पनि जानकारी दिन्छ। सबैको सहज पहुँचका लागि आयोगले ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरिसकेको छ।

आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार, यी सामग्रीहरूलाई आधार बनाएर सरकारी निकाय, गैरसरकारी संस्था तथा सम्बन्धित व्यक्तिहरूले समुदायमा नागरिक शिक्षा प्रवर्द्धन गर्न सक्छन्। आयोगले आगामी फागुन १ गतेबाट मतदाता शिक्षा कार्यक्रमलाई थप तीव्रता दिने तयारी पनि गरेको छ।

You may also like

Leave a Comment