Home व्यवसायकपिलवस्तु क्षेत्र नम्बर १ मा चुनावी प्रचार तीव्र

कपिलवस्तु क्षेत्र नम्बर १ मा चुनावी प्रचार तीव्र

by Dhruva Poudel
0 comments

कपिलवस्तु, नेपाल – प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम चरण नजिकिँदै गर्दा कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ र प्रचारप्रसार तीव्र पारिएको छ। कपिलवस्तु जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमध्ये यो क्षेत्रमा नेकपा (एमाले) का विश्राम प्रसाद चौधरी, नेपाली काँग्रेसका अतहर कलाम, नेपाली कम्युनिस्ट पार्टीका कृष्ण कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य र स्वतन्त्र उम्मेदवार आशिष शर्माबीच मुख्य प्रतिस्पर्धा रहेको बताइएको छ। यद्यपि, अन्य दलका उम्मेदवारहरूले पनि आ-आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।कुनै पनि उम्मेदवारको जित राष्ट्रिय राजनीति, राजनीतिक दलको संगठन, स्थानीय जनतासँगको सम्बन्ध, सामाजिक तथा राजनीतिक काममा संलग्नता आदिले निर्धारण गर्ने गर्दछ। यसैका आधारमा हेर्दा कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। यस क्षेत्रमा नेकपा (एमाले) ले विगतमा भारी मतान्तरले जित हासिल गरेको र बलियो संगठनात्मक आधार भएको मानिन्छ।

विश्राम प्रसाद चौधरी
नेकपा (एमाले)
अतहर कलाम मुसलमान
नेपाली काँग्रेस
मोहन आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टी
कृष्ण कुँवर
नेपाल कम्युनिस्ट पार्टी
आशिष शर्मा
स्वतन्त्र

एमालेका उम्मेदवार विश्राम प्रसाद चौधरी सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका व्यक्ति हुन् र यसै क्षेत्रमा सामाजिक तथा राजनीतिक काममा सक्रिय रूपमा संलग्न रहेकाले परिचित छन्। कपिलवस्तुका आदिवासी थारु समुदायका चौधरी संविधान सभा सदस्य पनि हुन्। रेडियो बुद्ध आवाज, थारु कल्याणकारी सभा र महेन्द्र मावि कोपवाको अध्यक्षको रूपमा आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका विश्राम प्रसाद थारु जनतामाझ लोकप्रिय छन्। बुद्ध मार्ग, कोइली वनगाईको पुललगायत जिल्लामा धेरै विकास निर्माणका काममा विश्राम चौधरीको नेतृत्वदायी भूमिका रहेको देखिन्छ। यस क्षेत्रका बाटोघाटो, कुलो, वन, खोला, शिक्षा, स्वास्थ्य, कृषि लगायतका समस्याबारे उनी आफैं जानकार भएकाले जनतामा उनीप्रति आशा र भरोसा देखिन्छ।

चुनावमा सबैले आ-आफ्नो जितको आकलन गरे पनि एमाले प्रचार विभागले विश्राम चौधरीको जितलाई कसैले रोक्न नसक्ने दाबी गरेको छ। प्रचारप्रसारको अन्तिम दिन सबै दलले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन्।

कुल १ लाख ४७ हजार ६ सय ५९ मतदाता रहेको यस क्षेत्रमा कति मत खस्छ र कसले जित्छ भन्ने कुरा चुनावी परिणाम नआएसम्म पर्खनुपर्ने देखिन्छ।

You may also like

Leave a Comment