१३ चैत्र २०८२, काठमाडौं ।
नवनियुक्त गृहमन्त्री सुदन गुरुङले भिआइपी लावालस्कर लगाएर जनतालाई दुःख दिन नहुने बताएका छन्। पदभार ग्रहणपछि मन्त्रालयबाट निस्कने क्रममा आफैँ गाडी चलाउँदै गरेका उनले यस्तो बताएका हुन्।
मन्त्री गुरुङले आफू कम बोल्ने र एक्सनमा जाने स्वभावको रहेको उल्लेख गर्दै जेन–जी (नयाँ पुस्ता) को मागअनुसार आफूहरू आएको र सुशासनविरुद्धका कुनै पनि काम हुन नसक्ने स्पष्ट पारे। उनले पदभार ग्रहण गर्ने क्रममा मन्त्रालयका सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय गरेका छन्।
नयाँ गृहमन्त्रीले सेवा प्रवाह (सर्भिस डेलिभरी) लाई प्रभावकारी बनाउँदै नागरिकहरूबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।