Home राजनितिप्रधानमन्त्री बालेनद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन, पाँच महिला मन्त्री

प्रधानमन्त्री बालेनद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन, पाँच महिला मन्त्री

by Dhruva Poudel
0 comments

१३ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। नवनियुक्त प्रधानमन्त्री बालेनले आजै मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी गरेका छन्।

मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री रहेका छन्। प्रधानमन्त्री बालेनले आफूसँगै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने भएका छन्।

मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। सोविता गौतम कानुन, शिशिर खनाल परराष्ट्र मन्त्री नियुक्त भएका छन्। गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङलाई दिइएको छ भने विराजभक्त श्रेष्ठले ऊर्जा मन्त्रालयको नेतृत्व गर्ने भएका छन्।

त्यस्तै, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, सञ्चार मन्त्रालयमा विक्रम तिमिल्सिना र श्रम मन्त्रालयमा दीपक साह (महोत्तरी) नियुक्त भएका छन्। सस्मित पोखरेलले शिक्षा, खड्क (गणेश) पौडेलले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसैगरी, सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्। नवगठित मन्त्रिपरिषद्ले आजै शपथपछि आफ्नो कार्यभार सम्हाल्नेछ।

You may also like

Leave a Comment