Home राजनितिजेनजी रेड फोर्स’की संयोजक स्मृति तिमिल्सिना ४ घण्टापछि रिहा: पक्राउको चौतर्फी विरोध

जेनजी रेड फोर्स’की संयोजक स्मृति तिमिल्सिना ४ घण्टापछि रिहा: पक्राउको चौतर्फी विरोध

by Dhruva Poudel
0 comments

काठमाडौँ ,

प्रहरीले ‘जेनजी रेड फोर्स’की संयोजक स्मृति तिमिल्सिनालाई नियन्त्रणमा लिएर ४ घण्टाको सोधपुछपछि रिहा गरेको छ। सरकार विरोधी फेसबुक स्टाटस लेखेको आरोपमा उनलाई मंगलबार बिहान १० बजे अनामनगरबाट नियन्त्रणमा लिइएको थियो।

तिमिल्सिनाका अनुसार सादा पोशाकमा आएका व्यक्तिहरूले सुरुमा आफूहरू पनि ‘कम्युनिष्ट विचारधारा’ राख्ने भन्दै अन्तर्वार्ता लिने बहानामा उनलाई भेट्न आएका थिए।

प्रहरीले उनलाई सरकार विरुद्ध नबोल्ने सर्तमा लिखित हस्ताक्षर गराएर दिउँसो २ बजे मात्र छोडेको छ। रिहाइपछि एक भिडियो सन्देश जारी गर्दै उनले आफूलाई ‘आतंककारी’को शैलीमा नियन्त्रणमा लिइएको र यो अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको बताइन्।

तत्कालीन माओवादी जनयुद्धका सहिद परिवारकी सदस्य समेत रहेकी तिमिल्सिनाले सरकारको दबाबका सामु आफू नझुक्ने र बोल्न नछोड्ने स्पष्ट पारेकी छन्।

You may also like

Leave a Comment